back
CTIZAN AD

म नास्तिक हुँ !

वि.सं.२०७८ चैत १२ शनिवार

1.9K 

shares

बलराम तिमल्सिना, भक्तपुर

हो महाशय
म नास्तिक हुँ !
तिम्रो ईश्वर
तिम्रो अल्लाह
तिम्रो यशु प्रभु
तिम्रो वुद्ध
ती कोही पनि आएनन्
मान्छेका ठूला ठूला विपत्तिमा !
बगदादको छात्तीमा होस्
या अफगानी निधारमा
हिरोसिमाको छात्तीमा होस्
या नागासाकीको खप्परमा
खसिरहेको समय भयानक बमहरू
खै त कुनै अल्लाह आएनन्
कुनै ईश्वरले रोकेनन्
कुनै यशुले सम्झाएनन्
ती थिएनन् त्यसैले आएनन् !

सिङ्गै भारत वर्ष
जसलाई तिमी भन्थ्यौ
आर्यहरूको पवित्र भूमि
त्यो भूमिमा
पटक पटक भयो अतिक्रमण
सयौं वर्ष बन्यौ तिमी गुलाम
पटक पटक पुका¥यौ तिमीले
तर, तिम्रो सारथी बन्न
खै त कुनै कृष्ण आएनन् ?
आफ्ना भक्तहरू बचाउन
खै त कुनै राम आएनन् ?

यौटा अदृश्य किरो
विश्व विजेता बनेको छ अचेल
सिङ्गै विश्वमा हाहाकार छ
यो हाहाकार र चित्कारमा
तिम्रो भगवान
कुन चिहानमा सुतेको छ ?
जो कहिलै फर्केर आएन
जो कहाँ बस्छ कुनै ठेगाना छैन
जो अहिले के गर्दै छ कुनै खबर छैन
यशु, विष्णु, अल्लाह, बुद्ध
सँगै छन् कतै कि अलग अलग छन् ?
के तिमीलाई ईश्वरको ठेगाना थाहा छ ?

जुन ईश्वरलाई बस्न
चर्च, गुम्बा, मस्जिद या मन्दिर
मान्छेले बनाइदिनु पर्छ
जुन ईश्वरको प्रतिमा
मान्छेले नै बनाइदिनु पर्छ
जसको लागि धूप दीप या नैवेद्ध
मान्छेले नै तयार गर्नुपर्छ
जुन स्थानको बत्ती मान्छेले नै बाल्नु पर्छ
ईश्वर कहिलै घण्टसम्म बजाउदैन
त्यो पनि मान्छेले नै बजाउनु पर्छ
सबै कुरा मान्छेले नै गर्नु परेपछि
नाथे ईश्वर किन चाहियो ?

ईश्वर त मान्छेको
कायर, कपटी र कलात्मक मनको
कठोर उत्पादन हो
ईश्वर त
मान्छेको मन–मैथुनको सन्तान हो
अनि कसरी हुन्छ
ऊ सारा प्राणीको रचयिता ?
ईश्वर नमानेको अपराधमा
मृत्युपछिको नरकको
मलाई कुनै भय छैन
मृत्युपछि म स्वयम् रहन्न
स्वर्ग, नरक, वैकुण्ठ
यी सब छलछामका
रहस्यमय यातना लोकहरू हुन् !
सक्छौ भने मलाई
ईश्वरको ठेगाना बताइदेऊ
म बेठेगानको चिजलाई मान्न
एकदमै असमर्थ छु !

यो घाम यो जुन
यी ग्रह नक्षत्र र ताराहरू
यो रात र दिन
यो हिउँद र गर्मी
यो जीवन र मृत्यु
यो भोक र निद्रा
यो हाँसो र आशु
यी सपना र कल्पना
यो लडाइँ र झगडा
कहाँ छ ईश्वरको भूमिका ?

हो महाशय
भिमकाय आकासीय पिण्डदेखि
अणु परमाणुदेखि तरंगसम्म
कतै नभेटेपछि ईश्वरको अस्तित्व
म खसोखास नास्तिक बनेको हुँ !
तिमी भन्छौ–
प्रभु यशूले संसार रचे
प्रभु यशूभन्दा पहिलै थियो संसार
भैरहेको संसार कसरी रचे उनले ?
तिमी अर्का थरी भन्छौ–
यो सब अल्लाहको योगदान हो
अल्लाहभन्दा पहिलै थियो संसार
पहिलै थियो विश्व ब्रम्हाण्ड
अनि कसरी रच्छन् उनले ?
अर्का थरीको जिद्दी छ
रामले रचेका हुन् यो संसार
अरे बालक !
राम स्वयम् जन्मेका हुन्
कौशिल्याको गर्भबाट
बिचरा उनले के रचे ?
बुद्ध त अस्ति जन्मेका हुन् लुम्बिनीमा
त्योभन्दा पहिलै थिए
उनका बाउ राजा
अनि के रचे उनले ?

ईश्वर त मान्छेको
कायर, कपटी र कलात्मक मनको
कठोर उत्पादन हो
ईश्वर त
मान्छेको मन–मैथुनको सन्तान हो
अनि कसरी हुन्छ
ऊ सारा प्राणीको रचयिता ?
ईश्वर नमानेको अपराधमा
मृत्युपछिको नरकको
मलाई कुनै भय छैन
मृत्युपछि म स्वयम् रहन्न
स्वर्ग, नरक, वैकुण्ठ
यी सब छलछामका
रहस्यमय यातना लोकहरू हुन् !
सक्छौ भने मलाई
ईश्वरको ठेगाना बताइदेऊ
म बेठेगानको चिजलाई मान्न
एकदमै असमर्थ छु !

ईश्वरको ठेगाना नभेटियुन्जेल
कृपया मलाई नास्तिक रहन देऊ
म आफ्नो प्रज्ञानको बल सहित भन्छू–
म नास्तिक हुँ
म नास्तिक हुँ
म नास्तिक हुँ !

वि.सं.२०७८ चैत १२ शनिवार ०७:२६ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...