भुवन शिवाकोटी चौघरे, काठमाडौ
कस्तुरी मृग
आफ्नै सुवास नचिनेर
भड्किरह्यो
मरिच
आफ्नै रागले चाउरीयो
सिसा
सत्य दर्पण देखाउदा देखाउदै
चर्कियो
सबैले
आफ्ना गुण बदलेनन्
कस्तुरी
सुवास मगमगाइरह्यो
मरिच
पिरो भइरह्यो
टुक्रा टुक्रामा
सिसा
पारदर्शी भइरह्यो
परन्तु
सबै कुरा बुझेको मान्छेले
आफुभित्र
सङ्काको आगो निभाउन सकेन
ऊ
सुवास
स्वाद
र
छायाँसँग तर्सिरहन्छ
वि.सं.२०७८ चैत १२ शनिवार ०७:२२ मा प्रकाशित





























