back
CTIZAN AD

लघुकथा : चरित्र

वि.सं.२०७८ चैत १२ शनिवार

894 

shares

डिल्लीप्रसाद अधिकारी
सिक्किम, भारत

गान्धी बजारमा अचानक, डुल्दै गरेको मलाई, कसैले पछाडिबाट कठालोमा पक्रेर झल्ट्याङ–झुल्टुङ् पारेपछि मैले पनि पछाडि फर्केर तत्क्षण उसलाई रन्फनिने गरि झापड हाने अनि मात्रै वस्तु स्थितिमा दृष्टि घुमाउदा थाहा पाएँ उ त अपरिरित कुनै स्त्री थिइ ।

‘किन मलाई सासूलाई मानसिक यातना दिने भनेर लेखिस् हँ ?– ‘तलाईँ के थाहा छ म सासूलाई कति माया गर्छु भनेर?’ रिसले काम्दै उसले यसो भनेपछि म छक्क परेँ ।

‘म तपाईँलाई चिन्दै चिन्दिन भने म तपाईँबारे त्यस्तो कुरा कसरी भन्छु होला, अनि किन ?’– भन्दै थिएँ, भीड जम्मा भइहाल्यो ।

‘भनेको होइन । तैँले त लेखेको पो छ त !’

‘कुनै कथामा वा कुनै कवितामा ?’ सोधेँ एउटा लेखक हुनुको हैसियतमा ।

‘अँ, मेरो विषयमा फेसबुकमा, ह्वाट्स्एपमा त्यस्तो लेख्ने हो?’–भन्दै मतिर झम्टिएकी उसलाई अहिले भने भीडका केही महिलाले तानेकाले म बाँचे ।

‘बहिनी ! तिमीलाई मैले दोष्याएको होइन । त्यो त कथा पो त’–र अझै भनेँ ‘मैले कथा लेखेको हूँ। अब त्यो तिमीसँग, तिम्रो जीवनसँग, तिम्रो प्रवृत्तिसँग त्यो मिल्नु त खालि एउटा संयोग मात्रै हो ।’

उ कड्की ‘थाहा छ मलाई पनि, साहित्य समाजको दर्पण हो । अनि त्यसरी मलाई लेख्ने ?’

अझै पनि म नम्र नै थिएँ र भने– ‘कि त्यसो भए मेरो त्यो रचनाको पात्र तिमी नै हौ ? त्यो नकारात्मक प्रवृत्ति भएका समाजमा अरू छैनन् त ? अनि त्यसो भए तिमीले पनि सासूलाई मानसिक यातना दिने गरेकी छौ ?’ – सोध्दै थिएँ त्यसैबेला महिला अधिकार कर्मी पुलिस समेत लिएर आए ।

एउटी नारीलाई थप्पड हानेको अपराधमा मलाई पुलिसले हिरासतमा लिए । मेरो कुरा कसैले नसुन्नु स्वाभाविक नै हो । किनभने मैले एक महिलालाई अचानकै झापड हानेको थिएँ ।

थानामा मैले बयान दिएपनि अहिले म हिरासतमा छु । भोलि न्यायालयमा मलाई फेरि आफ्नो सफाइ दिनुपर्ने छ । म अहिले रातको चकमन्नतामा एउटै कुरा न्यायाधीशलाई बिन्ती गर्ने सोचिरहेको छु कि अब कवि/लेखकलाई पनि सरकारले सुरक्षा दिनुपर्नेछ । देशमा साहित्यकार असुरक्षित छन् आफैँले कल्पेका चरित्रहरूबाट ।

वि.सं.२०७८ चैत १२ शनिवार ०७:२१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...