Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

आम नेपाली पार्टीको अनुरोधमा बृद्धाआश्रमका अभिभावक घर लगिए



aamparty

३ चैत, काठमाडौं । आम नेपाली पार्टीले बृद्ध अवस्थाका बाबुआमालाई घर छुटाएर बृद्धाआश्रममा राख्ने विकसित गलत व्यवहारको अन्त्य गर्ने जनाएको छ ।
आम नेपाली पार्टीका संयोजक निलकण्ठ गौतमले यस्तो गलत चलनको अन्त्य गर्न भन्दै वृद्धबृद्धालाई आफ्नै घरमा लगेर राख्न भन्दै गरेको आग्रहमा दुई छोराहरुले आफ्नो आमा बाबुलाई स–सम्मान घर फिर्ता लगेका थिए ।
पार्टीका संयोजक पौडेलसहित पशुपति मन्दिर परिसरमा रहेको वृद्धा आश्रममा अनुगमन गर्नेक्रममा ३१ जना बुद्धबुद्धालाई छोरा बुहारीहरुले जवएजस्ती बृद्धाआश्रममा राखेको पाइएको संयोजक पौडेलले संसारन्यूज डटकमलाई बताउनु भयो । उहाँले अन्य बृद्धबृद्धाको परिवारको पनि खोजी भइरहेको जानकारी दिनु भयो ।
उक्त अबसरमा पशुपति वृद्धाआश्रमका प्रमुख मनोज कुमार बस्नेतले आम नेपाली पार्टी ( अपाङ्ग मैत्री पार्टी) ले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्दै यो अभियान जारी राख्न आग्रह गर्नुभएको थियो  ।

aamparty2कार्यक्रममा केन्द्रिय सदस्य काजीलाल श्रेष्ठले अनुगमन र रिपोर्ट तयार गर्नुभएको थियो भने केन्द्रिय सदस्यहरू उत्तम कुमार देउजा, श्रीकृष्ण महर्जन, आनेपा भातृ संगठन होटल तथा रेष्टुरेण्ट मजदुर संघका संयोजक अर्जुन कोइराला, उत्तम आचार्य, माधव सुवेधी, विशाल दुलाल, सारदा खड्का, कृष्ण प्रसाद न्यौपाने साथै अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रम पार्टी संयोजत्वक निलकण्ठ पौडेलको संयोजकत्वमा सम्पन भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम