back
CTIZAN AD

धुब्र बिस्कोको नयाँ गीत ‘पियारी’ बजारमा

वि.सं.२०७८ चैत १३ आइतवार

681 

shares

काठमाडौं । युवा पुस्तामा लोकप्रिय गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी’ बोलको यस गित केहि समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गित दिन सफल गायक बिस्कोको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध्यताले विदेशीनुको पिडालाई गितमार्फत देखाउन खोजिएको छ ।

गीतको भिडियोमा नायीका सुरबीना कार्कीसँगै रमेशचन्द शोडारीको पनि अभिनय देख्न सकिन्छ । उनीहरुको अभिनयले पनि गितको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।

गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाजै, टपरीमा भात, राइफलको सिरानी, व्युटि पार्लर, सिल्की कपाल लगायतका उनका थुप्रै गितहरु हिट नंम्बर मानिन्छन् ।

भर्खरै बजारमा आएको उनको पछिल्लो गित “पियारी” गायक बिस्कोले अपेक्षा गरेको गित समेत हो । गितमा लय, शव्द तथा स्वर गायक बिस्कोकै रहेको छ । महिला आवाजमा उनलाई गायिका सहिमा श्रेष्ठले साथ दिएकी छन् ।

‘पियारी’ गीतको भिडियोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । ईश्वर सिन्केमनाको छायाँकन गरेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । कलर रेनिश फागोको छ भने गितलाई दिया प्रोडक्सन युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

वि.सं.२०७८ चैत १३ आइतवार १६:०४ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...