back
CTIZAN AD

प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा गजुरेल चयन

वि.सं.२०७८ चैत १३ आइतवार

816 

shares

काठमाडौं । प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा मञ्च प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेल ‘संकल्प’ सर्वसम्मत चयन भएका छन् । विदुरमा भएको चौँथो जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा १३औं सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा पौडेल ‘सुमी’, सह–सचिवमा विविना लामिछाने र कोषाध्यक्षमा सम्भु गजुरेल ‘अज्ञानी’ चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा प्रदिपकुमार भट्ट, दुर्गा पनेरु, राजकुमारी खड्का, शुसिला नेपाल, काजी खान, रामेश्वर गजुरेल, सुदन लामिछाने र कोपिला अर्याल चयन भएका छन् ।

नेपालकै पहिलो र प्रगतिवादी लेखक तथा साहित्यकारहरुको साझा संगठनको रुपमा २००९ सालमा स्थापना भई लामो इतिहास यस संघले बोकेको चर्चा गर्दै यसै अधिवेशनको क्रममा लेखकहरुले यसले समाज परिवर्तनमा सशक्त भूमिका निभाउनुपर्ने बताए ।

निवर्तमान अध्यक्ष राजकुमार पुत्ला, पुर्वअध्यक्ष नवदिप अजनवी, पुर्व उपाध्यक्ष रामप्रसाद प्याकुरेल, पुर्व सचिव बद्री प्याकुरेल, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, उपाध्यक्ष जमुना गजुरेल, सचिव जगदिश खनाल, लेखक संघका पुर्व सहसचिव तथा प्रतिवादी लेखक ज्वालामुखी, कवि विवेक ढकाल, लेखक नारायण नेपाल, ध्रुव पुडासैनी, रामराजा तिमल्सिना लगायतले लेखन र साहित्यमार्फत् समाजलाई परिवर्तन तथा न्यायपुर्ण समाज निर्माणमा निर्देशित गर्न अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।

वि.सं.२०७८ चैत १३ आइतवार १५:५२ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...