काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि देशैभरी १० हजार ७५६ वटा मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीयतहको निर्वाचनका लागि मतदानस्थल, मतदान केन्द्र र मतदाताको संख्या टुंगो लगाएको हो ।
आयोगद्धारा जारी सूची अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ४१८९ मतदान केन्द्र र २१६३ मतदानस्थल तोकिएको छ भने त्यहाँ महिला र पुरुष गरी ३३ लाख ३१ हजार १७० मतदान गर्न योग्य नागरिक रहेका छन् ।
त्यस्तै प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् भने त्यहाँ ४०५१ मतादा केन्द्र र १८७७ मतदानस्थल तोकिएका छन् ।
बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेका छन् भने त्यहाँ ४०९५ मतदान केन्द्र र १७९२ मतदानस्थल रहेका छन् ।
गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११ जना मतदाता रहेका छन् भने २३०० मतदान केन्द्र र १२५३ मतदानस्थल तोकिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७ मतदाता रहेका छन् भने ३८३२ मतदान केन्द्र र १६२९ मतदान स्थल रहेका छन् ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् भने त्यहाँ १३८५ मतदान केन्द्र र ९०७ मतदान स्थल तोकिएको छ ।
सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् भने २१०३ मतदान केन्द्र र ११३५ मतदानस्थल रहेका छन् ।
आयोगका अनुसार देशैभरी मतदान गर्नेको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।
यस्तो छ सूची
वि.सं.२०७८ चैत १४ सोमवार ११:४४ मा प्रकाशित






























