back
CTIZAN AD

 राडिपाखी बुन्ने उपकरणले सहज बनायो

वि.सं.२०७८ चैत १४ सोमवार

2K 

shares

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ । पहिले एक हप्तामा एउटै मात्र राडिपाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले उपकरणको प्रयोगले सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको स्थानीयवासी चन्द्रबहादुर कुँवरले जानकारी दिए । उक्त वडाका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत भेडापालन हो ।

भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ । यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हँुदै आएको थियो । एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले बताए ।

पहिलो पटक उपकरणबाट राडिपाखी बुन्न पाउदा निकै खुसी छौँ । सो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको र आत्मनिर्भर हुन प्रेरित गरेको उनीहरुको भनाइ थियो ।
गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

वि.सं.२०७८ चैत १४ सोमवार १३:०५ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...