back
CTIZAN AD

मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नु पर्ने अध्यक्ष तिमिल्सिनाको भनाई

वि.सं.२०७८ चैत १४ सोमवार

777 

shares

मोरङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएका जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, बालमृत्यु, मातृ मृत्युदर घटाउने कार्यमा समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिए । उनले विश्व मञ्चमा नेपालले कोभिड रोकथाम, नियन्त्रण र खोप कार्यको प्रशंसनीय चर्चा भएको जनाउँदै वर्तमान अवस्थामा जोखिम अन्त्य भए पनि जनताको स्वास्थ्य सुरक्षाका क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले जनतालाई बिरामी पर्नबाट जोगाउन जनप्रतिधिले आहारविहार, संस्कारमा परिवर्तन गरी जनजागरण अभियान सञ्चालन गर्न समेत आग्रह गरे । उनले विकास र समृद्धि कायम गर्ने चाहना पूरा गर्न दोहरिने जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिँदै पार्टीहरुले क्षमताका आधारमा उम्मेदवार छान्नुपर्ने आवश्यकता औँल्याए ।

वि.सं.२०७८ चैत १४ सोमवार १३:४१ मा प्रकाशित

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...