back
CTIZAN AD

इमरानको भाग्यको फैसला आज : पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव पेश हुँदै

वि.सं.२०७८ चैत १४ सोमवार

957 

shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भाग्यको फैसला आज हुने भएको छ । अपराह्न ४ बजे पाकिस्तानको राष्ट्रिय सभामा उनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुनेछ । मिडिया रिपोर्ट र विपक्षीको दाबीअनुसार उनको सरकार अल्पमतमा परेको छ ।

इमरान खानले आइतबार विशाल र्‍याली निकालेर विपक्षी नेताहरूमाथि निकै आक्रोश पोखेका थिए। अर्कोतर्फ, आज विपक्षी दलको संयुक्त सभा पनि हुँदैछ ।

पाकिस्तानको संसदमा सोमबार हुने अविश्वासको प्रस्तावमार्फत बहुमत प्रमाणित गर्न नसकेमा इमरान खानले आफ्नो कुर्सी गुमाउने छन् । यसरी समयअघि नै कुर्सी गुमाएका पाकिस्तानका प्रधानमन्त्रीमा उनको नाम पनि पर्नेछ । उनको सरकार ढल्ने सम्भावना प्रबल छ किनभने उनका आफ्नै पार्टीका धेरै सहकर्मी र गठबन्धन पार्टीहरू उनीविरुद्व विद्रोह गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको कार्यसूचीमा अविश्वासको प्रस्ताव पनि समावेश छ । विपक्षी दलको नेताले अपराह्न ४ बजे पेस गर्नेछन् । छोटो बहस पछि, प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

वि.सं.२०७८ चैत १४ सोमवार १३:४९ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...