back
CTIZAN AD

बुद्धिजीवीहरुको वाग्मती प्रदेश दोस्रो सम्मेलन सम्पन्न, १३ जिल्लाका २०२ बुद्धिजीवीहरुद्धारा नयाँ नेतृत्व चयन

वि.सं.२०७८ चैत १४ सोमवार

1.5K 

shares

फर्सुराम भुर्तेल, काठमाडौं । १३ जिल्लाका २०२ बुद्धिजीवीहरुले कृष्ण कोपीलाको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश समिति चयन गर्दै नेपाल बुद्धिजीवी संगठन वाग्मती प्रदेशको दोस्रो सम्मेलन सम्पन्न गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सो बुद्धिजीवी संगठनका फयाक्सन इन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय संयोजक कृष्णराज केसी र नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशकी उपाध्यक्ष रुपा महर्जनको विशिष्ठ आतिथ्यता, संगठनका केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारी, संगठनका वाग्मती प्रदेश इन्चार्ज भिमसेन गौतम, कार्यालय सदस्य कल्पना शर्मा, नेकपा (माओवादी केन्द्र) का सल्लाहकार तथा संगठनका अनुशासन आयोगका प्रमुख टेक बहादुर थापा, लेखा आयोगका प्रमुख मित्र शर्मा, निर्वाचन आयोगका प्रमुख उपेन्द्र पौडेल, संगठनका सल्लाहकार प्रा.डा अमन श्रेष्ठ र गुणराज गौतम लगायतका अतिथिको उपस्थितिमा संगठनको दोस्रो सम्मेलन सम्पन्न गरिएको सो संगठनले बताएको छ ।

May be an image of 5 people, people sitting, people standing and indoor

संगठनका नवनिर्वाचित अध्यक्ष कृष्ण कोपीला र सचिव भरत गौतमद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘ संगठनका वाग्मती प्रदेश संयोजक भरत शर्माको सभापतित्व, सचिव भरत गौतमको उद्घोषण र डा. रुमा मानन्धरको स्वागत मन्तव्यबाट शुरु भएको सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि  दीनानाथ शर्माबाट भएको थियो ।

भरत शर्माबाट बैचारिक,राजनैतिक तथा सांगठनिक र कृष्ण कोपिलाबाट आर्थिक प्रतिवेदन पेश गरिएपछि संगठनको स्थिति र स्थानीय तह निर्वाचनको विषयमा समेत गरी विभिन्न १३ समुहबाट सुझावहरु राख्ने काम भएको थियो ।

बिज्ञप्तिमा अगाडि भनिएको छ ‘कार्यक्रममा संगठनका केन्द्रीय संयोजक कृष्णराज केसी, सहसंयोजक निलकण्ठ तिवारी र वाग्मती प्रदेश इन्चार्ज भीमसेन गौतमद्धारा समसामयिक विषयमा प्रशिक्षणात्मक मंतव्य राखिएको थियो । कार्यक्रममा काठमाडौंका प्रा.डा शिवशरण महर्जन, ललितपुरका प्रेमसिंह मर्हजन, भक्तपुरका अमरजङ लिम्बु, रसुवाका जयराम आचार्य, नुवाकोटका बसुराम रिजाल, धादिङका डा. गणेश धमला, चितवनका विनोदखण्ड तिमील्सीना, मकवानपुरका अरुण खतिवडा, सिन्धुलीका राजन वास्तोला, रामेछापका पासाङ लामा, सिन्धुपाल्चोकका गोपाल खड्का, दोलखाका माधव दाहाल र काभ्रेपलान्चोकका चन्द्र प्रसाद मैनालीले रिपोटिङ राख्नु भएको थियो । सहभागीहरुबाट वैचारिक स्पष्टता, प्रगतिशिल सांस्कृतिक रुपान्तरण तथा वैज्ञानिक समाजवाद निर्माणमा बुद्धिजीवीहरुको भुमिकाका बारेमा धारणा राख्दै प्रतिबद्धता ब्यक्त गरीएको थियो । ’

May be an image of 1 person, sitting and standing

संगठनका अनुसार वाग्मती प्रदेशका १३ जिल्ला र ११८ स्थानीयतह मध्ये १३ जिल्लाका ९७ स्थानीय तहबाट २०२ प्रतिनिधिहरुको उत्साहबद्र्धक उपस्थितिका बीच भएको दोस्रो सम्मेलनमा नीलकण्ठ तिवारी, भीमसेन गौतम र गुणराज गौतमको अध्यक्ष मण्डल तथा उपेन्द्र पौडेल, योगलाल गौतम र ज्ञानेन्द्र नेपाल रहेको निर्वाचन समितिले कृष्ण कोपिलाको अध्यक्षतामा ७५ सदस्यीय वाग्मती प्रदेश समिति निर्माण गरेको छ । संगठनको वाग्मती प्रदेशमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य तथा जिल्ला तथा महानगर अध्यक्षहरु प्रदेश समितिमा पदेन सदस्य रहनु भएको छ । नवनिर्वाचित समितिलाई संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीद्धारा सपथ ग्रहण गराइएको थियो ।

यस्तो छ निर्वाचित कार्यसमिति ( ७५ जनाको नामावली सहित)
कृष्ण कोपिला (अध्यक्ष) –सिन्धुपाल्चोक, वसुराम रिजाल (उपाध्यक्ष)–नुवाकोट, इन्दिरा चौलागाई (उपाध्यक्ष)– काठमाडौं, डा. प्रेमसागर भण्डारी (उपाध्यक्ष)– चितवन, भरत गौतम (सचिब)–सिन्धुली, चन्द्रराज अधिकारी (सहसचिब)– काठमाडौं ,सरोज देवकोटा (सहसचिब)–काठमाडौं, अर्जुन महर्जन(सहसचिब)– ललितपुर, धन कुमारी पाण्डे अधिकारी (कोषाध्यक्ष)– काठमाडौं , तथा सदस्यहरुमा देवी वहादुर बुढाथोकी, राजन बास्तोला, डा रामहरी श्रेष्ठ , इश्वर चन्द्र पौडेल, जानकी न्याछ्यों, कृष्ण बहादुर सापकोटा, राम प्रसाद सापकोटा,काजी बहादुर लामा, लक्ष्मी नारायण नेपाल, गणेश थापामगर, यल.वि. घिसिङ, हरि प्रसाद देवकोटा , डा बिष्णु खनाल, राम शरण पौडेल, दुर्गा तामाङ, अन्जना बासुकला, सुमिता डंगोल, उद्घव प्रसाद पौडेल, तिर्थ पन्त, केशव कोइराला, राजेन्द्र वहादुर उप्रेती तिलक पाण्डे, खुसीलाल मोक्तान, गायत्री रुपाखेती, तिर्थ बहादुर घिसिङ, गोकर्ण सापकोटा, केदार वराल, गंगा भट्टराई,गोकुल प्रसाद भट्ट, बद्धिनाथ ढुङ्गाना, इश्वर विलास अधिकारी, खेचर खत्री, हरी प्रसाद पुडासैनी, आयुष्मा के.सी.,शंकर भण्डारी, श्रीकान्त पाठक , चन्द्र वहादुर गोपाली, स्मिता भट्ट, शोभा अर्याल, मन प्रसाद घिमिरे, मोतीलाल नेपाली, मोदनाथ दंगाल, बालकृष्ण आचार्य, चिनीमाया बल, खेम सुनुवार, दामु प्रसाद ढुङ्गेल, पासाङ लामा, मुना पुरी, सुवास वि.क, केशव रिमाल, विष्णु बोहरा, मञ्जु तामाङ, टंक प्रसाद भण्डारी,माधव प्रसाद दाहाल, इन्द्रमणि न्यौपाने, रत्न कुमार घिसिङ टिकादत्त सिवा, मोहनकृष्ण श्रेष्ठ, सुलोचना बज्राचार्य, रिता शेर्पा, सृजना थापा, कृष्ण वहादुर राई, रचना पण्डित, हरि वहादुर थापा, कृष्णमणि घिमिरे र मिरा महर्जन ।

No description available.

No description available.

 

 

 

वि.सं.२०७८ चैत १४ सोमवार १३:५९ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...