Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

शैलुङको डाँडो अनि निरमायाको मिठो प्यार



kiwi4‘ए यता आउँ, लौ यो राख, भित्र नदेउ है, तिमी र तिम्रो साथीले मात्र खाउ’ अचम्म लाग्यो । उहाँको बारीमा जुनारको बोट पनि थिएन । कोही नयाँ मान्छे आएको पनि देखिएन दुई दिनमा । बिहानै एकमुठी भटमास ल्याएर भुटेर खाउ भन्दै दिएकी निरमाया तामाङनी आमैले फेरि फरियाको सप्कोमा जुनार लुकाएर ल्याउनु भएको थियो । कति माया, कति सद्भाव ओहो दुई दिन भएको थिएन, भेट भएको । त्यो भन्दा पहिले नभेटेकी अनि सायद जीवनमा फेरि भेट हुन्छ की हुँदैन निरामाया आमैसँग । तर, कहिल्यै बिर्सनै नसक्ने गरी जीवनभरीको लागि माया दिनुभयो, निरमाया आमैले ।

kiwi2

मंसीरको पछिल्लो साता, रामेछापको डडुवा गाविसमा किबी खेती गरिरहनु भएका अष्ट ज अभियन्ता तथा किसान राङदान तामाङ दाइको ‘किबी फलेको हेर्न आउनु’ भन्ने निम्तो थियो । सिन्धुपाल्चोक बाहेक त्यो भेगको खासै यात्रा भएको थिएन हाम्रो । बिहानको ५ बजे कोटेश्वरमा पुगी बोलेरो चढेर हामी रामेछापको दोरम्बा बजारतिर हानिएका थियौँ । हामी काठमाडौंबाट भकुण्डेबसी, नेपालथोकबाट सित्खा र भिरपानी पहाड अनि गाल्पा बजार हुँदै दोरम्बा पुगेका थियौं ।

kiwi1

हामीसँगै हुनुुहन्थ्यो नेपाल टेलिभिजनका देवि सापकोटा र अर्का साथी नेत्र पौडेलजी । हामी दोरम्बा पुग्दा सायद दिनको १२ बजेको थियो । दोरम्बा बजार पुग्नासाथ राङदान दाइलाई फोन ग¥यौँ । उहाँले फोनबाटै हामीलाई दोरम्बा बजारबाट डाँडाकटेरी पुग्नका लागि अर्को गाडीको व्यवस्था गरिदिनु भयो । हामी झण्डै १ घण्टा लगाएर (कच्ची बाटो भएकोले) माथि डाँडामा पुग्यौं । चिसोको बेला पारी शैलुङ डाँडाको चिसो हावा मुटु कमाउने गरी लागेको थियो ।
राङदान दाइको किवि फार्म

rangdan
डाँडाकटेरी पुग्दा दिउँसोको १ बजिसकेको थियो । हामीले पहिले झोला बिसाएर खाना खायौँ । त्यसपछि किबी फार्ममा पुग्यौँ । लटरम्म फलेका किबी देख्दा लाग्यो । ‘ओ हो, हाम्रो देशमा जाँगर गर्न सके नहुने के रहेछ र !’ हाम्रो माटो यति कल्याणी छिन् की उनलाई जति माया गर्न सक्यो, जति स्याहार गर्न सक्यो उनी त्यति नै खुला भएर फल दिन्छीन् ।

dorambha1 शैलुङ एग्रिकल्चर प्रोडक्सन प्रा.लि नाम रहेको उक्त फार्ममा राङदान दाइले झण्डै १५० रोपनीमा किविसँगै, भुँइ स्याउ (ग्राउण्ड एप्पल), ७० हजार अलैचीको विरुवा, २ लाख चियाको विरुवा र १३ हजार किविको विरुवा उत्पादन गर्नुभएको रहेछ । चैत बैशाखमा फूल खेलेर पुसको तेश्रो सातादेखि खान योग्य हुने यो किबी फूल लाग्ने बेलाको दृश्य अझै रमाइलो र आनन्द अनि हेर्न लायक हुने राङदान दाइले बताउनु भयो । यो वर्ष राङदान दाइले झण्डै १६ सय क्विन्टल किवि फलाउनु भएको थियो । उहाँले त्यहाँ बाख्रापालन र अन्य जडीबुटी खेती पनि गर्नुभएको छ । किबीखेतीमा अब्बल मानिनु भएका उहाँले मध्यमाञ्चलकै पहिलो उत्कृष्ट राष्ट्रपति किसान पुरस्कार पनि पाइसक्नु भएको छ ।

२१ शहिदको चिहानमा पुग्यौ

kiwi5
२०६० सालमा युद्ध बिरामको अवस्थामै अर्थात् साउन ३२ गते २१ जना माओवादी नेता तथा कार्यकर्ताको एउटै चिहान बनेको थियो रामेछापमा । माओवादी शान्तिवार्ताको छलफलमा जुटिरहेका बेला तत्कालिन शाही सेनाले सुराकीको आधारमा रामेछापको दोरम्बामा केही र डडुवास्थित डाँडाकटेरीमा केही गरेर एकैदिन २१ जनाको हत्या गरेर एउटै चिहान बनाएको थियो । युद्ध बिरामका बेला यसरी गरिएको हत्याको विश्वभरीबाट निन्दा गरिएको थियो । उक्त ठाउँ र राङदान दाइको किवि फार्म सँगै रहेछ । हामी बेलुकाको समयमा त्यही डाँडामा पुग्यौं । चिहानसँगै सल्लाघारी डाँडा रहेछ । वरिपरि पर्खालले घेरेर विचमा एउटा सानो लठ्ठी गाडेर त्यहि लठ्ठीमा ती शहीदहरुको फ्लास प्रिन्ट गरिएको एउटा फोटो झुण्डिएको बाहेक त्यतिबेलाका घटनाका साक्षीहरुको मुखारबिन्दुबाट मात्रै दोरम्बा हत्याकाण्डको विस्तृत सुन्न पाइन्छ त्यहाँ । लाग्यो, परिवर्तनका खातिर सुरु गरिएको जनयुद्धले नबिर्सने घाउ दिएर गएको छ, हाम्रो समाजलाई । त्यसलाई भुल्ने र भुलाउने प्रयासका लागि शहीदहरुको बलिदानले मागेजस्तो परिवर्तन देशमा अझै हुनसकेको छैन, जसले ती पीडाहरुलाई भुलाउन सकोस् ।
आइमानको हिही

kiwi4
राङदान दाइका मामा रहेछन्, आइमान लामा । किवि फार्मसँगै रहेछ लामाको घर पनि । बुढाबुढी मात्र रहेको घरमा एकपटक पुगेर हेरौ न, भनेर सस्मिता जी र म गयौं । गौरीशंकर हिमाललाई पछाडि राखेर उहाँहरुसँग बसेर फोटो खिचायौ । आइमान लामाको तीनवटी श्रीमती । जेठी शेर्पी तामाङ, माइली निरमाया तामाङ र कान्छी विष्णुमाया तामाङ । तर, जेठी शेर्पी तामाङको मृत्यु भइसकेको रहेछ । माइली र कान्छी आइमानसँगै थिए । छोरा नभएर पहिलो, दोश्रो र तेश्री श्रीमती भित्रयाएका ८४ वर्षे आइमानले सबै श्रीमतीहरुलाई सानै उमेरमा भित्रयाएका थिए । त्यसमध्ये कान्छीलाई १२ वर्षको उमेरमै बिहे गरेर ल्याएको बताए । “त्यति सानो उमेरमा बिहे गरेर ल्याउनु भएछ, उहाँ रुनु भएन ?” हाम्रो प्रश्नमा उहाँले भन्नुभयो “आइमाइ हो नी, हि…हि… हि… त गरिहाल्छ नी !”
मकै पुरानो, चिउरा नयाँ
शैलुङको चिसो सिरेटोसँगै बिहानीको सुरुवात गर्नुपर्ने बाध्यता छ त्यहाँको समाजमा । राङदान दाइका फार्ममा पनि बिहानैदेखि ४–५ जना दाइहरु काम गर्नुहुँदोरहेछ । हामी त्यहि छदैँ शान्ति दिदीले दाउराको आगोमा मकै र भटमास भुटेर अगाडि राखिदिनु भयो । तर, दाइहरु बन्दामा नुन र रातो धुलो खुर्सानी मोलेर एक बटुको जाड, चिउरा र त्यहि बन्दाको अचार खाएर बिहानै ज्यान तताउने प्रयासमा हुनुहुन्थ्यो । मैले भने, “यति मिठो तातो, स्वादिलो र शरीरलाई आँत दिने मकै छ नी खानुस् न,” उहाँहरु हाँस्नुभयो । त्यस्तैमा एकजना दाइ ढोकाबाट भित्र पस्दै भन्नुभयो, “मकै उहिलेको पुरानो, चिउरा नयाँ र ताजा त्यहि खान मन लाग्छ नी बैनी ।” वास्तवमा त्यहाँ रहनुभएका अन्य दाइहरुलाई उहाँले व्यङ्ग्य गर्दै भन्नुभएको थियो, “ताजा मकै कहाँ खान हुन्छ र कहिलेदेखि बोरामा कोचिएर रहेको अमिला चिउरा पो तागतिलो हुन्छ ।” वास्तवमा हाम्रो आफ्नै बारीमा उत्पादन गरेको सबैजसो गाउँमा पाइने, मकै, कोदो, भटमास जुन शरीरको लागि शक्तिवद्र्धक छन्, त्यसलाई दुःखीले, अनि चिउरा सुखीले खाने भन्ने चलन सहर देखी गाउँसम्म पुगेको छ । त्यहाँ पनि त्यहि पाइयो ।

group
रामेछापको पर्यटन, शैलुङ डाँडा
रामेछापलाई तीन लालहरुको जिल्ला भनेर पनि चिनिन्छ । जसले साहित्यका प्रथम शहीद सुब्बा कृष्णलाल अधिकारी, प्रथम शहीद गंगालाल श्रेष्ठ र कम्युनिष्ट पार्र्टीलाई नेपालमा जन्माउने पहिलो संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्माएको जिल्ला हो । अर्को २१ जनाको माओवादी नेता तथा कार्यकर्ताको एउटै चिहानको इतिहास बोकेर बसेको छ, रामेछाप ।
रामेछापको मुख्य पर्यटन क्षेत्र मानिन्छ शैलुङ डाँडालाई । एकसय वटा डाँडैडाँडाको थुम्को मानिने शैलुङ डाँडालाई प्राकृतिक भ्यूटारका रुपमा पनि लिइन्छ । जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर हिमाल, पाथिभरा हिमश्रृखंला र सगरमाथा हिमश्रृखंलाको मनोरम दृष्य देखिन्छ । साथै अन्य जिल्लामा जस्तै विभिन्न मठ मन्दिरहरु यहाँ पनि छन् । त्यस्तै रामेछापलाई कृषि पर्यटन तथा युद्ध पर्यटनको क्षेत्रको रुपमा पनि विकास गर्न सकिन्छ । नेपालका सबै जिल्लाहरुमा प्रकृतिले दिएको विशेष स्थानहरुलाई पर्यटन क्षेत्रका रुपमा बिकास गरेर उक्त जिल्लाका जनताको आर्थिक समृद्धिमा योगदान दिन सकिने अवस्था रहेको छ । तर त्यस्ता क्षेत्रको विकासका लागि स्थानीय अगुवा तथा सरकारको विशेष चासो नहुँदा ती क्षेत्रहरु ओझेलमा परेका छन् ।

kiwibkiwi3


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय