‘तिन जुरेको डाँडैमा’ सार्वजनिक
स्कटल्याण्ड । मनोरम लालीगुँरास बनको सम्झना गर्दै मौलिक लोकलयको गीत ‘तिन जुरेको डाँडैमा’ सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार हिमाल सागरको संगीत, डा सोहन घिमीरेको शब्द र स्वर रहेको मौलिक लोकलयको गीतको भिडियोमा चर्चित मोडल दिक्पाल र श्रेया कार्कीको अभिनय रहेको छ ।
चर्चित कलाकार ज्योति काफ्ले –नक्कली बाबुराम) र दीपेश रेग्मीको निर्देशन रहेको म्युजिक भिडियोमा गाउँबाट टाढा रहेको अवस्थामा गाउँघर मेलापाताका क्रममा गासिएको मायाप्रिती सम्झना गरिएको कथा रोचक ढंगले प्रस्तुति गरिएको छ ।
नेपाल र स्कटल्याण्डमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।