back
CTIZAN AD

निमा र अन्नुको स्वरमा रहेको ‘बाँध मायाले’ सार्वजनिक (भिडियोसहित)

वि.सं.२०७८ चैत १७ बिहीवार

681 

shares

काठमाडौं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ ।

यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो ।

यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन् । ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

वि.सं.२०७८ चैत १७ बिहीवार १४:५८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...