back
CTIZAN AD

 बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै    

वि.सं.२०७८ चैत १८ शुक्रवार

735 

shares

मुगु । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको कार्यालय प्रमुख उमेश गौतमले जानकारी दिए । एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने उनको भनाइ छ ।

प्रमुख गौतमका अनुसार खोप अभियानका लागि खोप लगाउने स्वास्थ्यकर्मीको तालिमसमेत सञ्चालन गरिनेछ । अभियानअन्तर्गत २१ हजार ११६ विद्यार्थी र विद्यालय बाहिरका १५ महिनादेखि १५ वर्षसम्मका सात हजार ६६७ बालबालिकालाई खोप दिइने प्रमुख गौतमले जानकारी दिए । “यस खोप अभियानमा खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ”, उनले भने“यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”

टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने प्रमुख गौतमले बताए । प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको उनको भनाइ छ । टाइफाइड रोकथामका लागि यो खोप प्रभावकारी हुने विश्वास गरिएको छ ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । तीमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याँक छ । नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइएको छ । बालबालिकालाई दिइँदै आएको नियमित १२ खोपमा थप एक टाइफाइडविरुद्घको थपेर अवदेखि नियमित खोप दिइने छ ।

अभियानका बेला जिल्लाका १५८ विद्यालय र बाँकी स्वास्थ्य संस्था गरी कुल १७० खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले बताए ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १६:०९ मा प्रकाशित

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...