काठमाडौं । नेपाली कांग्रेसको प्रचार–प्रसार समितिमा थप सदस्य नियुक्त गरिएको छ ।
कांग्रेसको १५ चैतमा बसेकोे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले आगामी स्थानीयतहको निर्वाचनका लागि केन्द्रीय प्रचार–प्रसार समितिमा थप सदस्यहरु नियुक्त गरेका हुन् ।
कांग्रेसले केन्द्रीय प्रचार–प्रसार समितिमा यसअघि नै पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको थियो ।
उक्त समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु जीपछिरिङ लामा दिपक गिरी,अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई,देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा. गोपाल दहित,रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे लगायतका ६७ जना रहेका छन् ।


वि.सं.२०७८ चैत १९ शनिवार ०९:०७ मा प्रकाशित






























