back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ चैत १९ शनिवार

855 

shares

पबित्रा चाम्लिङ, खोटाङ

१.
परदेशमा बुबाले रगत र पसिना, बगाएर कमाको छ
सन्तान यता सुख र सुबिधा बीचमा, बसेर रमाको छ
खै ! कस्ले बुझ्छ दर्द पिडा, हेर्दा देख्छ आनन्द क्रीडा
कति समस्या त आमाले नै, सकि नसकि थमाको छ ।

२.
अब कसरी पस्केर खान्छौ,पन्यौ भुइँमा खस्यो भने
माहुरीको घारमा अरिङाल गोला,आएर पस्यो भने
उपचार चाहिँ गर्दैगर्नु, तर ढुक्क भर भने पर्दै नपर्नु
पुनर्जिवन पाउँदैन भन्छन्, गोमन साँपले डस्यो भने ।

३.
गरिब मान्छेलाई कहिल्यै तिमीले, दिन्छु नभन्नु
पबित्र प्रेमलाई रुपैयाँ र पैसामा, किन्छु नभन्नु
जून बन शितल दिन, लोभी बन्छौ आज किन
तन बन्धक राख्न लगाई,फाईदा लिन्छु नभन्नु ।

४.
मलाई छोडेर जाने भएपछि,सुटुक्क जाँदा हुन्थ्यो
तिमीले दिएको सिंदुर पोते,साथैमा लाँदा हुन्थ्यो
यदि तिमीले बुझ्थ्यौ भने,मनले ईश्वर पुज्थ्यौ भने
अग्नि साच्छि राखेर, झुटो कसम नखाँदा हुन्थ्यो ।

५.
पुर्खाहरूले जहाँ टेक्यो त्यही, माटोको माया लाग्छ
झोर र जङ्गल फाँड्दै हिंडेको, बाटोको माया लाग्छ
दौरासंगै चौबन्दी फाटे पनि, सहरमा सुख काटेपनि
झाले र माले गोरुलाई जोत्ने, पाटोको माया लाग्छ ।

 

 

वि.सं.२०७८ चैत १९ शनिवार ०८:०५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...