back
CTIZAN AD

पाकिस्तानी प्रधानमन्त्री खानद्धारा राष्ट्रव्यापी विरोध प्रदर्शन गर्न शुभेच्छुकसँग आग्रह

वि.सं.२०७८ चैत २० आइतवार

717 

shares

इस्लामाबाद, पाकिस्तान ।  राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले शनिबार आग्रह गरेका छन् ।

संसदमा अविस्वासको प्रस्तावमाथिका प्रश्नहरूको सञ्चारकर्मीसँग उत्तर दिँदै उनले प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई शनिबार र आइतबार आफ्नो पक्षमा समर्थन जनाउन आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गरेका हुन् । विपक्षले खानविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका छन् ।

“यस्ता कुराहरू भइरहेको अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिनिे थिए । म तपाईंहरू सबैलाई आज र भोलि सडकमा उत्रन र राष्टभक्ति दर्शाउन आह्वान गर्दछु । उनले भने “तपाइहरूले यो राष्ट्रको हितको निम्ति आन्दोलित हुनुपर्छ ।”

उनले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताएका हुन् । खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गरेका हुन् ।

खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा छलफल हुने कार्यक्रम तय भएको छ । यसैबीच आफूविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी समेत गरेका थिए । “मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,” पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उनको भनाइ छ ।एएनआई

वि.सं.२०७८ चैत २० आइतवार ०७:४२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...