back
CTIZAN AD

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको अध्यक्ष नेपालको भनाई

वि.सं.२०७८ चैत २० आइतवार

828 

shares

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।

अध्यक्ष नेपालले भने, “यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।” उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए ।

“हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ”, अध्यक्ष नेपालले भने, “विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।”

उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने, “समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।”
रासस

वि.सं.२०७८ चैत २० आइतवार १५:३५ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...