back
CTIZAN AD

२ देखि १८ लाख लिने शर्तमा एमबीबीएसको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

वि.सं.२०७८ चैत २० आइतवार

753 

shares

काठमाडौं । एमबीबीएस परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगद्धारा चैत १८ देखि २१ गतेसम्म सन्चालन गरिएको उक्त परीक्षामा ४ देखि १८ लाखसम्म लिने सहमतिमा परीक्षामा सहभागी भएका भाडाका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षा अनुगमनका लागि अपराध महाशाखाबाट १८ गते परिक्षा अनुगमनमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उपत्यकाका सीसीआरसी कलेज, एम्बीसन कलेज र ग्रामर स्कुलमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको अवस्थामा नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी सम्सी ४ घर भइ किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय अमर पण्डित रहेका छन् । उनले जनकपुरका वृकेश यादवको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

त्यस्तै धनुषा अन्दुपट्टी गाउँपालिका १ का २२ वर्षीय आजिव कुमार यादवको नाममा परीक्षा दिइरहेका सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी पक्राउ परेका छन् । उनी कुमारी पार्टीमा रहेको सीसीआरसी कलेज ललितपुरमा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

त्यस्तै रुपन्देही ओमसतिया ३ स्मीत सिंहको नाममा परीक्षा दिइरहेका किस्ट कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत राजगढ १ सप्तरीका २६ वर्षीय राम आशिष यादव र महोत्तरीका सन्नी कुमार साहको नाममा परीक्षा दिइरहेका भारतीय नागरिक २४ वर्षीय ईस्तियाख अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पुर्ण छात्रवृत्तिमा नाम निकालिदिएमा १८ लाख सम्म लिने सहमति गरी नकक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

परीक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो–जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको तथा भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाईएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ चैत २० आइतवार १५:४४ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...