back
CTIZAN AD

भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छ : अध्यक्ष लिङ्देन

वि.सं.२०७८ चैत २२ मंगलवार

753 

shares

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यी तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गरे ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गरे ।

 

वि.सं.२०७८ चैत २२ मंगलवार १४:४४ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...