back
CTIZAN AD

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि मनाङको लोकप्रिय मावि छानियो

वि.सं.२०७८ चैत २२ मंगलवार

663 

shares

मनाङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि हिमालपारिको जिल्ला मनाङको लोकप्रिय मावि छनोटमा परेको छ । जिल्लाको चामे गाउँपालिका–४ स्थित लोकप्रिय मावि कार्यक्रमका लागि छनोटमा परेको हो । छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ । लोकप्रिय माविमा कृषिसम्बन्धी पढाइ हुने गरेको छ ।

पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिँदै लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले कार्यक्रमको प्रावधानअनुसार व्यावहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो ।

केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो । कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ । छनोटमा परेका विद्यालयलाई ससर्त अनुदानअन्तर्गत वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत अनुदान रकम विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८ मा उल्लिखित कार्य प्रक्रियाबमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ । विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध गराइने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १४० सामुदायिक विद्यालय छनोट गरेको छ । स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि रु १४ करोड विनियोजन भएको छ । यो बजेट छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ । माछापालन, तरकारी खेती गर्ने जग्गा भएका प्राविधिक धारका सामुदायिक विद्यालयलाई केन्द्रले छनोट गरेको हो ।

वि.सं.२०७८ चैत २२ मंगलवार १५:०३ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...