काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, प्रशिक्षक र उपप्रशिक्षक पदमा पदपूर्तिका लागि दखास्त आव्हान गरेको हो ।
आयोगल ती पदहरुमा आन्तरिक प्रतियोगिताद्धारा पदपूर्ति गर्नुपर्ने भएकोले आवस्यक न्युनतम योग्यता पूरा गरी स्थायीरुपले कार्यरत उम्मेदवारहरुबाट २०७९ बैशाख २७ गते राति १२ बजेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गते रातिको १२ बजेसम्म आयोगको वेवसाइट www.tuservicecommssion.edu.np बाट अनलाइन दरखास्त दिन सक्नेछन् ।
आयोगद्धारा जारी सूचना अनुृसार प्रशिक्षक पदमा आर्किटेक्ट इन्जिनियरिङ ३, इलेक्ट्रिकल इन्जिनियरिङ ८, इलेक्ट्रिोनिक्स इन्जिनियरिङ ३, गणित १, भौतिकशास्त्र १, मेकानिकल इन्जिनियरिङ ६, मेकानिकल ड्राफटिङ १, मेशिनरी सिभिल १, रसायन शास्त्र ४, सिभिल इन्जिनियरिङ ५ जनाको माग गरेको हो ।
यी हुन् अन्य पदका लागि मागिएको संख्या

वि.सं.२०७८ चैत २३ बुधवार १५:१४ मा प्रकाशित





























