back
CTIZAN AD

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त घोषणा

वि.सं.२०७८ चैत २५ शुक्रवार

591 

shares

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन् । सो अवसरमा उहाँले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए ।

“कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ ।”

कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डानुसार लक्षित समुदायका नागरिकलाई पूर्णखोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताए । तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उनको भनाइ छ ।

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिइन् । उनले भने, “जनस्वास्थ्यका हिसाबले हाम्रो यो ठूलो उपलब्धि हो, छुटेकालाई खोप लगाउने काम भइरहेको छ, शतप्रतिशत प्रगति हासिल गरिएकाले खोपयुक्त घोषणा गरेका हौँ ।”

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो । चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्णखोप लगाइयो । यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो ।
जनस्वास्थ्य निरीक्षक गिरीले लक्षित जनसङ्ख्यालाई खोप लगाइसकेपछि सबै टोलमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकीको तथ्याङ्क सङ्कलन गरेको र छुटेकालाई बोलाएर खोप लगाइएको बताए ।

वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ । कोभिड–१९ महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला सङ्क्रमित सङ्ख्याका आधारमा वीरेन्द्रनगर ‘रेडजोन’मा थियो । हाल वीरेन्द्रनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको बताइएको छ । रासस

वि.सं.२०७८ चैत २५ शुक्रवार ०८:२२ मा प्रकाशित

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...