२५ चैत, काठमाडौँ । लखनऊ सुपर जायन्ट्सले यस आईपिएलमा लगातार तेस्रो जित हासिल गरेको छ । लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा पृथ्वी शहले सर्वाधिक ६१ रन बनाएका थिए । त्यसैगरी कप्तान रिषभ पंतले ३९ र शरफराज खानले ३६ रनको पारी खेलेका थिए । बलिङ्ग तर्फ लखनऊका लागि रवि बिश्नोईले सर्वाधिक २ विकेट हात पारेका थिए ।
दिल्लीले दिएको १५० रनको सामान्य लक्ष्य लखनऊले १९.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । लखनऊका लागि क्विन्टन डि ककले ५२ बलमा ८० रनको शानदार पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । बलिङ्गमा दिल्लीका लागि कुलदिप यादवले सर्वाधिक २ विकेट हात पारेका थिए ।
जितसँगै लखनऊको टिम ४ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली क्यापिटल्स ३ खेलबाट २ अकं जोड्दैँ अकं तालिकाको सातौँ स्थानमा झरेको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार ०९:५४ मा प्रकाशित
























