काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल आगामी चुनावमा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्ने भएको छ। शुक्रबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लड्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले एमालेसँग केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल गर्ने सहमति पनि भइसकेको बताए । पार्टी पदाधिकारी बैठकले तालमेल र चुनाव चिह्नबारे अन्तिम निर्णय गर्ने अधिकार आफूलाई दिएको भन्दै थापाले एमालेका केन्द्रीय तहका नेताहरूसँग छिट्टै छलफल गरेर निष्कर्षमा पुगिने बताए ।
एमाले र राप्रपा नेपालबीच यसअघि नै चुनावमा तालमेल गर्न सयंन्त्र गठन भइसकेको छ ।
थापा राप्रपाबाट अलग भएसँगै एमालेसँग एकताको चर्चा चलेको थियो । पछिल्लो तयारीलाई हेर्दा चुनावसँगै एकता हुनसक्ने अनुमान गरिएको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार १७:४४ मा प्रकाशित






























