back
CTIZAN AD

असिना पानीका कारण भित्राउने बेलाको खेतीबाली नष्ट

वि.सं.२०७८ चैत २७ आइतवार

951 

shares

म्याग्दी । जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ ।

हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए । क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ । file photo

 

वि.सं.२०७८ चैत २७ आइतवार ०८:१२ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, के-के छन त नयाँ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि थप आकर्षक प्याकेज...