back
CTIZAN AD

गठबन्धन निर्वाचन तयारी समितिको बैठक, निर्वाचनको ढाँचा टुंगो लगाउने जिम्मा शिर्ष नेतालाई

वि.सं.२०७८ चैत २७ आइतवार

825 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले निर्वाचनको मोडालिटी तयारी गर्ने जिम्मा शिर्ष नेतालाई दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा समितिका अध्यक्ष रामचन्द्र पौडेलको नेतृत्वमा आज दिउँसो बसेको समितिको बैठकले निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शिर्ष नेताहरुलाई दिने निर्णय गरेको हो ।

कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले जिल्ला तहबाट आएका प्रतिवेदन तथा सुझावमाथि छलफल गर्दै त्यसलाई शिर्ष नेतृत्वको बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

कार्कीले सोमबार बिहान ९ बजे बस्ने शिर्ष नेतृत्वको बैठकले स्थानीयतहको निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा ठोस निर्णय हुने समेत बताए ।

चैत २२ गते बसेको गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिमा कांग्रेसका गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादीका देव गुरुङ र वर्षमान पुन, समाजवादीका वेदुराम भुसाल र विजय पौडेल, जसपाका अशोक राई र रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी सदस्य रहेका छन् ।

वि.सं.२०७८ चैत २७ आइतवार २०:२६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...