
काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँवर्ष २०७९ योजना ‘नयाँवर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
नयाँ वर्ष बोनस ७९,०००, एक्सचेन्ज बोनस ७९,००० सम्म, मोडेल इयर डिस्काउन्ट ९९,००० सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर रहेको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।