back
CTIZAN AD

मसालको रक्तिममा विभाजन, नारायण शर्माको अध्यक्षमा ३१ सदस्यीय समिति गठन

वि.सं.२०७८ चैत २८ सोमवार

585 

shares

काठमाडौँ । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरेको हो ।

रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।

मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारीविहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरुले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुटै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।

जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । जीवन शर्माको पनि शर्माको नेतृत्वको नयाँ समितिलाई समर्थन रहेको बताइएको छ ।

घोषणासभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा रक्तिमले अनेकौं आरोह–अवरोहको सामना गर्नु परेको जनाउँदै आफूहरु सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने पनि बताए । जतिसुकै कठिनाइहरु आइलागे पनि रक्तिम आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित नभएको र अबका दिनहरुमा पनि जनवादी सांस्कृतिक अभियान मार्फत नेपाली गरिखाने जनताको पक्षमा निरन्तर सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

नयाँ कार्यसमितिलाई शुभकामना दिँदै जनसंस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा संस्कृति विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशिल सांस्कृतिक कर्मिहरु अविचलितरुपमा अगाडि बढ्नुपर्ने बताए ।
रक्तिमका पूर्व अध्यक्ष नारायण योगीले रक्तिमको विराशतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर रोकिने भन्दा यो अझै शक्तिशाली भएर जाने बताउँदै युवा संस्कृतिक कमीहरुलाई हौसला दिए ।

सो कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसंस्कृतिक इतिहासमा रक्तिमको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । पुनले आफ्नो पार्टीसँग वैज्ञानिक समाजवाद र समाजवाद प्राप्तिको लागि सहकार्य गर्न अनुरोध गरे ।

त्यसैगरी अखिल नेपाल जनसंस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भएपनि विभिन्न भागमा विभाजन हुनु दर्भाग्य भएको बताउँदै, सम्पत्तिमात्रै निजी नभएर पार्टी र आन्दोलन पनि निजीकरण भएकोप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा युवा बाम नेता रामबहादुर बुढाले नेपाली जनसंस्कृतिको यात्रामा रक्तिमको अतुलनिय योगदान रहेको र आगामी समयमा यसको अझ बढी आवश्यकता रहेको बताए ।पत्रकार सेनानी गाविन्द सिंह थापाले रक्तिमले जनवादी आन्दोलनमा पुर्याएको योगदन कसैले मेटाउन नसक्ने र बरु अब यसलाई शसक्त बनाउनु पर्ने धारणा राखे ।

त्यस्तै, प्रेस सेन्टर नेपाल अनलाईन विभागका संयोजक तुलसी सापकोटाले रक्तिमको गरिमामय इताहासलाई अझ शसक्त र प्रभावशाली बनाउने बाटोमा गएकोले आफूलाई खुशी लागेको बताए । सो कार्यक्रममा जनकलाकारहरुको सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई महासचिव उदय रिजालले सञ्चालन गरेका थिए ।

रक्तिमको नयाँ कार्यसमिति रहेका कलाकारहरुमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समिर वि.क.(रुपन्देही) पूर्ण राई ‘सर्वहारा’ (मोरङ) , खिमा पुन (म्याग्दी), ज्योती फौजा (पर्वत),पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), विमा पुन (गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा (काठमाडौं), हिक्मत शाही (कालीकोट), राकेश बस्याल (सुर्खेत), सुमन भण्डारी ‘संसार’ (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), इश्वर पाण्डे (बाँके) र कृति पुन (डोटी) रहेका छन् भने सदस्यको तीन स्थान हाललाई रिक्त राखिएको छ । सल्लाहकारहरुमा संयोजक नारायण योगी (दाङ), सदस्यहरु सुरेन्द्र भण्डारी (मोरङ) र नविना के.सी. (काठमाडौं) छन् दुई स्थान हाललाई रिक्त राखिएको छ ।

 

वि.सं.२०७८ चैत २८ सोमवार ०८:०३ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...