२८ चैत, काठमाडौँ । लखनऊ सुपर जायन्ट्सलाई पराजित गर्दै राजिस्थान रोयल्स अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । राजिस्थानले आफ्नो चौथो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ३ रनले पराजित गर्दै अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थिया । राजिस्थानका लागि ब्याटिङ्गमा शिमरोन हेटमायरले सर्वाधिक ५९ रन बनाएका थिए भने लखनऊका लागि बलिङ्गमा जेशन होल्डर र कृष्णप्पा गौतमले सर्वाधिक २/२ विकेट लिएका थिए ।
राजिस्थानले दिएको १६६ रनको लक्ष्य लखनऊले पुरै २० ओभर ब्याटिङ्ग गर्दा पनि पुरा गर्न सकेन । लखनऊको टिम २० ओभरमा ८ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । लखनऊका लागि क्विनटन डि ककले सर्वाधिक ३९ रन बनाएका थिए । त्यसैगरी राजिस्थानका लागि बलिङ्गमा युजवेन्द्र चाहलले उत्कृष्ट बलिङ्ग गर्दै सर्वाधिक ४ विकेट हात पारेका थिए ।
राजस्थानको टिम ४ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा रहेको छ भने लखनऊ सुपर जायन्ट्स ५ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
वि.सं.२०७८ चैत २८ सोमवार १०:२१ मा प्रकाशित
























