back
CTIZAN AD

भरतपुरको मेयरमा दावी गर्दै रामप्रसाद

वि.सं.२०७८ चैत २८ सोमवार

1.1K 

shares

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका युवा नेता राम प्रसाद अधिकारीले दावी गरेका छन् ।

नेपाल विद्यार्थी संघको उपसभापति सम्हालिसकेका युवा नेता अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा मनोनयन दर्ता गर्ने भएका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय प्रवक्ता र उपसभापति भएर काम गरिसकेका अधिकारी कांग्रेसभित्र इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका नेता हुन् ।

विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा क्रियाशील भएका उनले भरतपुरमा दिर्घकालिन ढंगले विकास गर्नका लागि र कांग्रेसलाई बलियो बनाउँदै भरतपुरको मुहार फेर्न आफु सक्षम भएको जनाएका छन् ।

युवा नेता अधिकारी लामो समय नेविसंघको केन्द्रीय कार्यालयमा रही २०६२–६३ सालको आन्दोलन परिचालन गर्ने कुशल व्यवस्थापक समेत हुन् । उनको केन्द्रीय नेताहरुसँग राम्रो सम्बन्ध रहेको छ । सोही कारण आफूले केन्द्रको सहयोगमा धेरै राम्रा कामहरु गर्न सक्ने दावी गर्छन् ।

नेता अधिकारी २०७३ मा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित भएका थिए । प्रदीप पौडेल नेविसंघ सभापति हुँदा उनी प्रवक्ता थिए । हालका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सभापति हुँदा अधिकारी केन्द्रीय सदस्य र कार्यालय सचिव भएर काम गरेका थिए ।

गिरीजा प्रसाद कोईराला प्रतिष्ठानका माध्यमबाट छवि फराकिलो बनाएका उनले गठबन्धनबाटै आफुलाई टिकट मिल्ने बिश्वास ब्यक्त गरेका छन् ।

वि.सं.२०७८ चैत २८ सोमवार १५:५२ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...