back
CTIZAN AD

‘मृत्यु भनेको पुनर्जन्म हो’ भन्दै विघटन भयो बाबुरामले खोलेको नयाँशक्ति पार्टी

वि.सं.२०७८ चैत २९ मंगलवार

729 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा हालका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टी विघटन भएको छ ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गतेबाट सुरु भएको नयाँशक्ति पार्टी अन्ततः उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन समाजवादी पार्टीसँग २०७६ बैशाखमा एकिकरण भएको थियो । सोहि पार्टी फेरि राजपासँग मिलेर जसपामा परिणत भएको थियो । हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने त्यसको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रहेका छन् ।

उनै बाबुराम भट्टराईले बैकल्पिक शक्तिका रुपमा रुपमा खोलेको नयाँशक्ति पार्टीमा बाबुरामसँग असन्तुष्ट रहेकाहरुले नयाँशक्तिलाई निरन्तरता दिँदै आएका थिए । असन्तुष्ट पक्षबाट रबिकिरण हमालले नयाँ शक्तिको नेतृत्व गर्दै आएपनि ‘मृत्यु भनेको पुनर्जन्म हो’ भन्दै चैत २८ गते (सोमबार) उक्त पार्टी विघटन भएको हमालले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

‘हामीले नयाँ शक्ति विघटन गर्ने निर्णय गरेका छौं । ‘मृत्यु भनेको पुनर्जन्म हो’ । हामी अझै बढी जिम्मेवारपूर्वक, परिपक्वता र उर्जासहित राजनीतिमा उपस्थिति हुनेछौं ।’ हमालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

वि.सं.२०७८ चैत २९ मंगलवार १०:५५ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...