२९ चैत, काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा रुं. २,००० सम्म छुट पाउन सक्नेछन ।
यो योजना चैत्र २९ देखि शुरु भईसिमित अवधिको लागी मात्र लागु हुने जानकारी गराईएको छ ।
एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
वि.सं.२०७८ चैत २९ मंगलवार ११:०४ मा प्रकाशित






























