back
CTIZAN AD

पाकिस्तानका नयाँ प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रीहरू नियुक्त

वि.सं.२०७८ चैत ३० बुधवार

948 

shares

इस्लामाबाद ।  पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।

सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार शपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बिलावल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ ।

त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ ।

मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उनको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रूपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उनले निर्णय गरेका छन् ।

पाकिस्तान मुस्लीम लिग—नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन् ।

विपक्षी दलको नेतृत्व गर्दै आएका ७० वर्षीय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका भएका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जावको मुख्यमन्त्री बनेका थिए ।एएनआई

वि.सं.२०७८ चैत ३० बुधवार ०८:११ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...