back
CTIZAN AD

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

वि.सं.२०७९ वैशाख १ बिहीवार

735 

shares

१ वैशाख, काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।

निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ । निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन । मन्त्री आलेले उडान अनुमतिका लागि पहल चालेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो । यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

वि.सं.२०७९ वैशाख १ बिहीवार १०:४२ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...