सुरेशकुमार पाण्डे,दाङ, हाल -भारत
बिगतका बर्ष जस्तै आन्दोलनको बबाल नहोस्,
देशमा उत्पादन बढोस् कहिले अनिकाल नहोस् ।
श्रमजीवीलाई पसिना सक्नु भन्दा पहिले ज्याला,
श्रमिकको परिवारमा कहिल्यै रित्ता थाल नहोस् ।
सरकारछ भन्नेपनि नागरिकलाई आभास हुनुपर्छ,
जनप्रतिनिधि भ्रष्टाचारीलाई जोगाउने ढाल नहोस् ।
सबैले सम्मान गरून संविधान र राष्ट्रिय झण्डाको,
स्वाभिमानलाई कुनैले पनि कहिल्यै उछाल नहोस् ।
स्वतन्त्र भएर बाचुन् हिमाल पहाड मधेश सदियौं,
देशको सिखरमा कहिल्यै बिदेशीको दलाल नहोस् ।
यही शुभकामना छ हाम्रो नयाँ बर्षमा हृदय देखी,
अमन र चयन होस गाउँ सहरमा जञ्जाल नहोस्
वि.सं.२०७९ वैशाख १ बिहीवार १४:०६ मा प्रकाशित






























