back
CTIZAN AD

ग्लोबल आइएमई बैंकद्वारा पर्यटक भित्रने क्षेत्रमा एटिएम सेवा सञ्चालन

वि.सं.२०७९ वैशाख १ बिहीवार

612 

shares

मनाङ । नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । मनाङ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए । “मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटिएम सेवा सञ्चालनमा ल्याइएको हो”, प्रबन्धक जोशीले भने । मनाङमा एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन ।

माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ”, उनले भने ।

एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । “एटिएम सेवाले पैसा बोक्नुपर्ने समस्या हट्यो । पैसा बोकेर मनाङ आउँदा हराउने, चोरी हुने, खर्चको अभावमा यहाँ बस्ने समय छोट्याउनुपर्ने समस्या हटेपछि पर्यटकलाई धेरै सहज हुनेछ”, उनले भने ।

लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटिएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।

सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटिएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर आठवटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् । रासस

वि.सं.२०७९ वैशाख १ बिहीवार १४:२३ मा प्रकाशित

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...