back
CTIZAN AD

भियतनामले लगाउन थाल्यो ५ देखि ११ बर्षका बालबालिकालाई कोरोना विरुद्धको खोप

वि.सं.२०७९ वैशाख २ शुक्रवार

654 

shares

हनोइ । भियतनाममा ५ देखि ११ बर्षसम्मका बालबालिकाहरुलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरुको खोप अभियान सुरु भएको हो ।

पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ ।

बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरुलाई खोप लगाइएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ ।

“कोरोनाभाइरसको उच्च जोखिम भएको बर्गलाई उच्च प्राथमिकता दिएर खोप लगाउने रणनीति अनुसार बालबालिकाको पालो अहिले मात्रै आएको हो,” एक अधिकारीले भने ।

यसअघि विरामी, असक्त र जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो । सिन्ह्वा

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०७:५९ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...