back
CTIZAN AD

फ्रान्सको राष्ट्रपति निर्वाचनमा फेरि पनि म्याक्रोँले नै जित्ने दावी

वि.सं.२०७९ वैशाख २ शुक्रवार

789 

shares

पेरिस ।फ्रान्सको आगामी राष्ट्रपतीय निर्वाचनमा पनि वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँ नै निर्वाचित हुने दावी गरिएको छ ।

पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसेकेकाले उनले दोस्रो चरणमा ५३.५ प्रतिशत मत प्राप्त गर्ने दावी गरिएको हो ।

फ्रान्सेली सञ्चार माध्यमले गरेको निर्वाचन पूर्वको सर्वेक्षणले नयाँ नेता आउने सम्भावनालाई कमजोर देखाएको छ ।

बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार म्याक्रोँका प्रमुख प्रतिपक्षी नेशनल ¥्याली पार्टीका नेता म्यारिन ले पेनले ४६.५ प्रतिशत मात्रै मत पाउने देखिएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये ६३ प्रतिशतले आफूहरु मतदान गर्न जाने निश्चित भएको बताएका थिए भने १० प्रतिशतले मात्रै मतदान गर्न जाने विषयमा गम्भीरता देखाएका थिए ।

अनलाईन मार्फत् भएको सर्वेक्षणमा १८ बर्षभन्दा माथिल्लो उमेरका व्यक्तिहरुलाई सहभागी गराइएको थियो ।

फ्रान्समा गत आइतबार पहिलो चरणको राष्ट्रपतीय निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपनि म्याक्रोँले सबैभन्दा धेरै २७.८४ प्रतिशत र ले पेनले २३.१५ प्रतिशत मत ल्याउनु भएको थियो । निर्वाचनमा १२ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

सन् २०२२ मा हुनुपर्ने राष्ट्रपतीय निर्वाचन विभिन्न कारणले सरेर अहिले मात्रै भएको हो । नयाँ राष्ट्रपति चयनका लागि करिब ४८ लाख योग्य मतदाता थिए ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणबीच फ्रान्सेली आन्तरिक मन्त्रालयले मतदान केन्द्रहरूका लागि स्वास्थ्य नियमहरू घोषणा गरेको छ । तर निर्वाचनमा कोरोनाभाइरस विरुद्धको खोप लगाएको प्रमाण वा कोभिड–१९ सङ्क्रमण परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने अनिवार्य व्यवस्था भने गरिएको छैन ।

मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्ने नियम पनि मतदाताका लागि अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् । तर बुढापाका, कमजोर र कोरोनाभाइरस सङ्क्रमित व्यक्तिका लागि मास्क लगाउन भने प्रशासनले अनुरोध गरेको छ । एएनआई

 

वि.सं.२०७९ वैशाख २ शुक्रवार ०८:०६ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...