२ वैशाख, काठमाडौँ । कुमारी बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप योजना ल्याएको छ ।
निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुँदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात रु १०,००० रहेको छ ।
सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवाप्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ ।
बैंकले १९७ शाखा(संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार १०:३८ मा प्रकाशित




























