back
CTIZAN AD

दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ को मृत्यु, राष्ट्रपति रामफोसाद्वारा दुःख व्यक्त

वि.सं.२०७९ वैशाख ३ शनिवार

894 

shares

जोहानेसबर्ग ।  दक्षिण अफ्रिकामा बाढीका कारण करिब ४०० व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गरेका छन् ।

चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन् ।

दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको पाँच दिनपछि पनि उद्धारकहरूले दर्जनौंको खोजी कार्य जारी राखेका छन् भने अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

उनले भने, “हामी क्वाजुलु–नेटाल (प्रान्त) का हाम्रा नागरिकहरूको लागि प्रार्थना गरौं ताकि उद्धारकर्ताले उनीहरूलाई सकुशल उद्धार गर्न सकून् ।”

उनले थपे “यो बाढी हाम्रो देशमा हामीले पहिला कहिल्यै नदेखेको ठूलो अनुपातको विपत्ति हो, यति धेरै मानिसहरू मर्न सक्छन् ।”

रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरेका थिए ।

स्थानीय टेलिभिजन नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा बोल्दै राष्ट्रपतिले उनीहरूलाई भने, “राष्ट्रपतिको हैसियतमा समेत मैले अनुभव गरेको सबैभन्दा दुःखको क्षण यही हो ।”

उनले भने, “पीडितहरूका नातेदार, आफन्तहरूले अनुभव गरेको पीडा र दुःख वर्षौंसम्म रहनेछ किनभने तिनीहरूमध्ये केहीले भर्खरै आफ्ना परिवारका सदस्यहरूलाई उद्धार गर्न असमर्थ भएको देख्दा पानीले बगाएको देखेका छन् । उनले पिडित परिवारलाई हातैले समातेर पानीको शक्तिले उनीहरूलाई लग्यो यसमा राज्य निरिह बन्नुप¥्यो । प्रकृतिको अगाडि हाम्रो केही लागेन ।

यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ ।एएफपी

वि.सं.२०७९ वैशाख ३ शनिवार ०९:१२ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...