काठमाडौं । बिजबजारबाट सामान खरिद गर्दा सेवाग्राहीले डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिज बजारले नव वर्ष लक्षित स्किम ल्याएको हो ।
यस स्किममा सेवाग्राहीहरूले बिजबजारबाट सामानखरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । यो स्किम २०७९ वैशाख महिना भरि अर्थात् २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ११:२१ मा प्रकाशित






























