काठमाडौं । एनएमबि बैंकले आयोजनामा हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।
हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको बैंकले जनाएको छ । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
बैंकका अनुसार उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंदिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखा देखी गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मंदिरहरु सरसफाई गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।
वि.सं.२०७९ वैशाख ३ शनिवार ११:५४ मा प्रकाशित






























