पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पैयूँको भेला सम्पन्न भएको छ ।
राप्रपाका पर्वत जिल्ला अध्यक्ष प्रभु गुरुङ, पैयुँका अध्यक्ष यज्ञप्रसाद तिवारीको सभापतित्व, जिल्ला मानार्थ अध्यक्ष दुर्गा बहादुर मल्लको विशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त भेलाले थनु मल्लको अध्यक्षतामा पैयूँ गाउँपालिका कमिटी गठन गरेको छ ।

उक्त समितिको उपाध्यक्षद्धयमा सृजना थापा हिताङ्ग र आनन्द भुसाल, सचिवमा देवेन्द्र वस्याल र सदस्यहरुमा हेमन्त तिवारी, जस बहादुर राना, विशाल मल्ल, पुरन चन्द्र साह मल्ल, तिलक प्रताप सेन, हिमलाल भुसाल, कृष्ण प्रसाद भुसाल लगायतका रहेका छन् ।
त्यसैगरी सोहि भेलाले कृष्ण ठकुरीको संयोजकत्वमा ५ सदस्यीय चुनाव परिचालन कमिटी र यज्ञप्रसाद तिवारीको संयोजकत्वमा पाँच सल्लाहकार समिति गठन गरेको छ ।

चुणामणि काफ्लेको संचालन रहेको उक्त भेलामा माओवादी र एमाले परित्याग गरेकाहरु राप्रपामा प्रवेश गरेका थिए
वि.सं.२०७९ वैशाख ३ शनिवार १५:०५ मा प्रकाशित






























