back
CTIZAN AD

प्रचण्ड र माधवलाई भेट्न किन पुगे धर्मेन्द्र र हेमन्तप्रकाश ?

वि.सं.२०७९ वैशाख ४ आइतवार

729 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले सत्ता गठबन्धनका नेताहरुलाई भेटेका छन् । आइतबार नेकपाका नेताहरु धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीले सत्ता गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताहरुलाई भेटेका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा एसका अध्यक्ष नेपालसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एसका नेता बेदुराम भुसाललगायत सहभागि थिए । भेटमा नेताहरुले तीन बुँदे सहमति र बन्दी रिहाइको विषयमा कुराकानी भएको एसका नेता बेदुराम भुसालले जानकारी दिएका छन् ।

नेताहरुले चुनाव अघि नै बन्दी रिहाइको विषय ठोस पहल गरिदिन नेताहरुले आग्रह गरेकाे उनले बताए ।

विप्लव नेतृत्वको नेकपा चुनावमा सहभागि हुने वा नहुने भन्नेबारेमा विभाजित छ । चुनावको विपक्षमा उभिएका बास्तोला र ओलीले नेताहरुसँग बेग्लै भेटघाट गरिरहेका छन् । नेताहरुले गरेको भेटघाट ३ बुँदे सहमति र बन्दी रिहाइबाहेका विषयमा पनि केन्द्रीत रहेको हुनसक्ने अनुमान गरिएको छ ।

वि.सं.२०७९ वैशाख ४ आइतवार १६:४६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...