पोखरा । पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका १८ जनाले आवेदन दिएका छन् ।
आइइतबार ४ बजेसम्म मेयर पदका लागि आवेदन दिन भनेर तोकिएको समयभित्र बहालवाला मन्त्रीसहित १८ जनाले मेयर पदका लागि आवेदन दिएका हुन् । आवेदन दिनेमा गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा समेत रहेका छन् ।
महानगर प्रमुख पदका लागि आवेदन दिनेमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण बहादुर के सि, बाबुराम आचार्य, सरस्वती गुरुङ्, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोर दत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी,गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण के.सी. विश्व घिमिरे, ऋषि सापकोटा रहेको महानगर कमिटी सचिव गणेशबहादुर थापाले जानकारी दिएका छन् ।
त्यसैगरी उप–प्रमुखमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ् शिव केसी र गोविन्द नेपाली गरी १० जना रहेका छन् ।
सचिव थापाका अनुसार महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुखमा आवेदन दिनेहरुले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।
वि.सं.२०७९ वैशाख ४ आइतवार १६:४२ मा प्रकाशित





























