back
CTIZAN AD

अखिल क्रान्तिकारीको पदाधिकारी टुंगियो, महासचिव बने दीपेश पुन

वि.सं.२०७९ वैशाख ५ सोमवार

798 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय समितिको पदाधिकारीको टुंगो लागेको छ ।

अधिवेशन सम्पन्न भएको सात महिनापछि पूर्णता पाएको उक्त संगठनले ४१ सदस्यीय पदाधिकारीको टुंगो लगाएको हो । जसको महासचिवमा दीपेश पुन चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, र फ्रयाक्सन इन्चार्ज हितमान शाक्यसहितको शनिबार र आइतबार बसेको अखिल क्रान्तिकारी केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

अध्यक्ष १, उपाध्यक्ष १९, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ जना रहेको उक्त ४१ पदाधिकारी रहेको संगठनले यसअघि नै पञ्चा सिंहको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गरिसकेको छ ।

उक्त केन्द्रीय कमिटीको अध्यक्षमा पञ्चा सिंह, उपाध्यक्षमा इन्द्र भुसाल, मिलन एमसी, टुकमान महरा, लक्ष्मी जोशी, जिपी मैनाली, प्रविणा अधिकारी, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाही, मदन भुल, राजकुमार यक्सो लिम्बु, नरेश रेग्मी, गजेन्द्र देव, कल्पना मिया, अच्युत भट्ट, केशव रावल रहेका छन् भने महासचिवमा दिपेश पुन चयन भएका छन् ।
त्यस्तै सचिवहरूमा खगेन्द्र सुवेदी, प्रभाकर गुप्ता, बद्री चुडाल, कृष्ण न्यौपाने, नारायण बडाल, तुलसीमणि केसी, तिर्सना हमाल, भीम भट्ट, उपेन्द्र शाही, प्रसुन कार्की, विजयप्रकाश सापकोटा, योगेन्द्र बुढा, सञ्जय कालधन, प्रकाश घर्तीमगर, पार्वती नेगी, ताजिम अन्सारी, बाबुराम नेपाल, सुमन श्रेष्ठ, अनिल भगत चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् ।

पार्टीका अध्यक्ष प्रचण्डले पदाधिकारीको टुंगो लगाएर निर्वाचनमा होमिन दिएको निर्देशनपछि संगठनमा पदाधिकारीको टुंगो लगाइएको हो ।

 

वि.सं.२०७९ वैशाख ५ सोमवार १०:१६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...