back
CTIZAN AD

गुजरात टाइटन्सले निकाल्यो पाँचौँ जित, डेविड मिलरको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७९ वैशाख ५ सोमवार

1.1K 

shares

५ वैशाख, काठमाडौँ । २०२२ को आईपिएलमा गुजरात टाइटन्सले आफ्नो पाँचौँ जित हासिल गरेको छ । गुजरातले चेन्नाई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै आफ्नो छैठौँ जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाएका थिए भने गुजरातका लागि बलिङ्गमा अल्जारी जोसेफले सर्वाधिक २ विकेट हात पारेका थिए ।

चेन्नाईले दिएको १७० रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । गुजरातका लागि ब्याटिङ्गमा डेविड मिलरले ५१ बलमा ९४ रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ६ छक्का र ८ चौका प्रहार गरेका थिए । त्यसैगरी यस खेलमा गुजरातका लागि कप्तनी गरेका रासिद खानले पनि २१ बलमा ४० रनको उत्कृष्ट पारी खेलेका थिए । चेन्नाईका लागि बलिङ्ग तर्फ डुवेन ब्राभोले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै गुजरात टाइटन्स ६ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १०:३० मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...