back
CTIZAN AD

पर्वतको पैयूँमा एमाले उम्मेदवार सिफारिस

वि.सं.२०७९ वैशाख ५ सोमवार

1.2K 

shares

हातेमालो चोक, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

नेकपा एमाले पैयूँका अनुसार सो पार्टीले गाउँपालिकाको अध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ र उपाध्यक्षमा याम कुमारी रानालाई उम्मेदवार सिफारिस गरेको छ ।

सो पार्टीका अुनसार वडा नं १ टकलाकमा प्रेम राना, वडा नं २ त्रिवेणीमा नरभुपाल काफ्ले, वडा नं ३ वेउलीवासमा चन्द्र बहादुर थापा, वडा नं ४ हुवासमा टुकलाल न्यौपाने, वडा नं ५ चिसापानीमा निर्भिक नारायण भुर्तेल, वडा नं ६ सरौंखोलामा गंगा अधिकारी र वडा नं ७ भोर्लेमा गंगा बहादुर गुरुङ वडा अध्यक्षका लागि सिफारिस गरिएका छन् ।

अध्यक्षमा उठेका महेन्द्र श्रेष्ठ बर्तमान ४ नं वडाका अध्यक्ष हुन् भने उपाध्यक्षमा सिफारिस भएकी याम कुमारी राना पर्वत जिल्ला समन्वय समितिकी उपाध्यक्ष हुन् । वडा नं ५ मा सिफारिस गरिएका भुर्तेल पत्रकार हुन् ।

पैयूँमा अहिलेसम्म गठबन्धनको सहयात्रा हुने नहुने निश्चित भैसकेको छैन भने कांग्रेस, माओवादी लगायत अन्य दलहरुले उम्मेदवार छनौट गरी सार्वजनिक गरिसकेका छैनन् ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १०:४६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...